माले : साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । हिजो भएको अन्तिम फाईनल खेलमा भारतले ३–० ले फाइनल जित्दै आठौँ पटक उपाधि जितेको हो ।

तिनै गोल खेलको दोस्रो हाफमा भएका हुन् । भारतका लागि खेलको ४९औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले पहिलो गोल गरे ।

त्यस्तै ५०औं मिनेटमा सुरेश सिंहले गरे भने तेस्रो गोल खेलको ९१औँ मिनेटमा साहल अब्दुल समदले गरे । पानी परेर खेल्न असहज भएको खेलको पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।

२८ वर्षको साफ च्याम्पियनसिप इतिहासमा पहिलो पटक फाइनल पुगेको हो । उपाधि जित्ने नेपालको सपनामा भारत बाधक बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय