अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा यही कात्तिक ५ गतेवाट सुरु भएको तेस्रो संस्करणको गौरीशंकर फुटबल प्रतियोगिताको आज फाईनल खेल हुदैछ ।
गौरीशंकर टोल सुधार संस्थाको आयोजनामा भैरहेको प्रतियोगिताको उपाधिका लागि आज आयोजकको टिम बि र आर्दश युवा क्लब खमौरा भिड्दैछन् ।
फाईनल खेल दिउँसो १ बजेदेखी सुरु हुने आयोजक गौरीशंकर टोल सुधार संस्थाले जनाएको छ ।
गोदावरी नगरपालिका सहित कैलालीका १२ वटा टिम सहभागी रहेकोमा उक्त प्रतियोगितामा सबै टिमलाई हराउदै आयोजकको टिम बि र आर्दश युवा क्लब खमौराले फाईलनमा आफ्नो सिट सुरक्षित गरेका हुन् । दुवै टिम आफैमा बलियो रहेका छन् ।
आजको फाईनल खेल निकै रोमाञ्चक हुने देखिएको छ ।
बिजेता हुने टिमले नगद रु ५० हजार सहित ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले २५ हजारमै चित्त बुझाउनुपर्नेछ । खेल गौरीशंकर टोल सुधार संस्थाको आफ्नै खेल मैदान तेघरीमा भैरहेको छ ।

