अत्तरिया : सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले एकै दिन १ सय ३२ अटोरिक्सा कारबाही गरेको छ । अत्तरिया बजारमा आवश्यक कागजात बिनै संचालमा रहेका १ सय ३२ अटोरिक्सा हिजो बेलुकाको समयमा नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

जसवाट ट्राफिक प्रहरीले ६६ हजार राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले हिजो नियन्त्रणमा लिएका १ सय ३२ अटोरिक्सा चालकहरुसंग लाईसेन्स लगाएत आवश्यक कागजात नभेटेपछि कारबाही गरेको थियो ।

प्रति अटो ५ सयका दरले ट्राफिक प्रहरीले ६६ हजार रुपैया राजश्व संकलन गरेको हो । बिना लाईसेन्स बिना सवारी साधन चलाउन पाइदै लाईसेन्स बनाउन पटक पटक आग्रह गरेको भएपनि त्यो कुरालाई वेवास्ता गरेर लाईसेन्स बिनै संचालन गरेको पाएपछि जरिवाना गरिएको अत्तरियाको ट्राफिक प्रहरी कार्यालयले गोदावरी न्यूजलाई जानकारी दिएको छ ।

लाईसेन्स बिना सवारी साधन चलाउदा भोली कुनै घटना दुर्घटना हुदाँ ठूलो समस्या आउने हुदाँ पहिले देखी अटो रिक्सा चालकहरुलाई सजक गराउदै आएको सुदूरपश्चिम प्रदेश ट्रफिक प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिंहले बताए ।

उनले यस यघि पनि लाईसेन्स बिना संचालित अटो चालकहरुलाई कारबाही स्वरुप जरिवाना गराउदै लाईसेन्स बनाउन आग्रह गदै आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय