काठमाडौंः नेकपा एमालेले आफ्नो आधिकारिक लोगो फेरेको छ। ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लोगो पारित गरेको हो।
उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव गरेका हुन्।
एमालेको अवको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहनेछ। महाधिवेशनका प्रतिनिधिहरूले सो लोगो ताली बजाएर पारित गरेका छन्।

