अत्तरिया : नेकपा एमालेको १० औं महाँधिवेसन अन्तरगत सोमबार देखी भएको पालिका स्तरिय अधिवेसनले कैलालीका ५ वटा पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
कैलालीका १३ पालिका मध्य भजनी नगरपालिका बाहेक १२ पालिकामा सोमबार देखी नगर अधिवेसन सुरु भएको थियो । अधिवेसनले कैलालीको धनगढी उपमहानगरपालिका ,गौरिगंगा नगरपालिका, चुरे गाउँपालिका जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापाका अनुसार धनगढीको नगर अध्यक्षमा रामचन्द्र जोशी , चुरे गाउँपालिका अध्यक्षमा चक्र बोगटी, गौरिगंगा नगर अध्यक्षमा शान्ति सिंह, जोशीपुर गाउँपालिका अध्यक्षमा केशर डगौरा चौधरी र जानकी गाउँपालिका अध्यक्षमा खगेन्द्र भण्डारी सर्व सम्मत चयन भएका छन् ।
भजनी नगरपालिकामा भने सोमबार अधिवेसन सुरु भएन । भजनीका केही वडामा बाढीका कारण वडा अधिवेसन गर्न नसकिएका हुँदा पालिका अधिवेसन नभएको उनले बताए ।
भजनीमा तिहार पछि पालिका अधिवेसन हुने अध्यक्ष थापाले बताए। बाकिँ रहेका नगरपालिकाको अहिले बन्द सत्र चलिरहेको छ । गोदावरी नगरपालिकामा पनि नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने प्रायास भैरहेको छ । यस नगरपालिकामा २२ गते बन्द सत्र समापन हुने छ ।

